२१ भाद्र ÷अर्थ र व्यापार– कुमारी बैंकले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसंग जुध्नकालागि ‘निःशुल्क एन्टिजन टेस्ट् क्याम्प’ आयोजना गरेको छ । काठमाडौंको टंगालस्थित कर्पोरेट कार्यालयमा बैंकले सो टेस्ट क्याम्प आयोजना गरिएको जनाएको छ ।
टेस्ट क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए÷नभएको रिपोर्ट १५ मिनेटमा नै दिइएको थियो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देस्यले उपरोक्त कार्यकम आयोजना गरेको हो । आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया