२० भाद्र / अर्थ र व्यापार- फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ छ। अब चुक्ता पुँजी ८ करोड ७६ लाख रुपैयाँले बढ्ने छ । कम्पनीको लाभांस दर अहिलेसम्मकै कम हो।
कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ मा १४ करोड १५ लाख रुपेयाँ खुद् नाफा गरेको थियो । कम्पनीको जगेडा कोषमा २८ करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले २० प्रतिशतभन्दा माथिको लाभांशमा कडाइ गरेको छ । कम्पनीले उच्चतम १७.६८ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ । यद्यपी पुँजी बढाउन तीन पटक हकप्रदको साहारा लिएको छ । तत्कालिन पुँजी अनुसार कुल २०० प्रतिशतले हकप्रद जारी गरेको छ ।
तपाईको प्रतिक्रिया