२१ साउन/अर्थ र व्यापार– चौथो त्रैमासमा गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा ५१४ प्रतिशतले बढेको छ ।
कम्पनीले बिहीवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ५१४ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आवमा रू. ३५ लाख ८९ हजार नाफा कमाएको कम्पनीले गत आवमा वृद्धि गरेर भएर रू. २ करोड २० लाख नाफा कमाएको हो ।
गत आवमा कम्पनीको खुद ब्याज ६९ प्रतिशत र सञ्चालन नाफा ४९९ प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड ३४ लाख रहेको छ भने जगेडा कोषमा रू. ३ करोड ९६ लाख ५५ हजार सञ्चित गरेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४.३० रहेकोमा वृद्धि भएर रू.२६.४६ पुगेको हो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४७.५५ र तरलता अनुपात ३.७८ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया