१७ साउन/अर्थ र व्यापार– सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर प्रसाद कडेललाई नियुक्त गरेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि समाप्त भएपछि रिक्त पदमा सुन्दर प्रसाद कडेललाई नियुक्त गरेको हो।
बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया