logo

राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो

    1461   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा १९९ प्रतिशतले बढेको छ । 

कम्पनीले बुधवार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको हो ।

अभिल्लो आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू.४ करोड ९५ लाख ६९ हजार नाफा कमाएको हो ।

गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि, सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफा बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल कयापिटललाई नियुक्त गरेको छ।

हालसम्ममा कम्पनीले ३६ ओटा जिल्लामा ८५ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।