१३ साउन/अर्थ र व्यापार– जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
सीईओ श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
मंगलबार अपरान्ह बसेको कम्पनीको सञ्चालक समिति बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनी सचिव रामप्रसाद पौडेलले नेपाल स्टक एक्सचेञ्जलाई नयाँ सीईओ नियुक्तबारे बुधबार पत्राचार गरेर जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया