११ साउन/अर्थ र व्यापार– एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले नयाँ आर्थिक बर्ष लागेसँगै सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो ।
बैंकको ऋणको ब्याज दर बार्षिक ८.४९ प्रतिशत हुने छ । बैंकले ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने छ ।
विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेट ७.३३ प्रतिशत मै कर्जा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया