८ साउन/अर्थ र व्यापार– प्रभु बैंक लिमिटेडले न्यूनतम मूल्य २१० रुपैयाँका २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
बैंकको सेयर विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि सेयर बिक्रीमा राखेको हो । बैंकले लिलाम बढाबढबाट सेयर बिक्री गर्ने छ ।
प्रति कित्ता २१० रुपैयाँ न्यूनतम मूल्य तोकिएको सेयरका लागि २१० रुपैयाँ देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकको सेयर प्रति कित्ता २१० रुपैयाँका दरले बिक्री भएमा ४ करोड २४ लाख ५९ हजार ६० कित्ता आउने छ ।
तपाईको प्रतिक्रिया