७ साउन/अर्थ र व्यापार– मेगा बैंक १२औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकले पाँच बर्षे रणनीतिक योजना तयार गरेको बताएका छन् ।
अध्यक्ष शाहले बैंक अब कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जामा बैंक केन्द्रीत रहेको बताए । साथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने र उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा लगानी गर्ने जानकारी दिए ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले कोभिड– १९ को विद्यमान अबस्थालाई मध्यनजर गरी डिजिटल बैंकिड र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरुप ग्राहकहरुलाई लक्षित गर्ने योजना बनाएको बताईन्।
सिइओ खुञ्जेलीले यो अवधिमा ग्राहकहरुलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको बताईन ।
बैंकले बार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग पनि गरेको छ।
बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ । बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्स्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवा छ ।
बैंकले यी शाखामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा दिएको बैंकले जनाएको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आउने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया