४ साउन/अर्थ र व्यापार– एनएमबी बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा एनएमबी सापटी २.० सुरु गरेको छ ।
यस सेवा मार्फत सुविधा लिन ग्राहकहरुले बैंकमा नआई मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र प्राप्त गर्न सकिनेछ।
यसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने बैंकले बताएको छ ।
एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाखसम्म तुरुन्त कर्जा उपलब्ध गराइनेछ ।
ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनोट गर्न सकिने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया