३ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति ल्याउन आन्तरिक तयारी गरिरहेको जनाएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले उपयुक्त समयमा मौद्रिक नीति ल्याउने गरी राष्ट्र बैंकले आन्तरिक तयारी गरिरहेको बताए ।
ढकालले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य सकिसकेको भन्दै अब पूर्व गर्भनरहरुसँग सुझाव संकलन गरी सुझाव संकलनको आधारमा मौद्रिक नीतिको निर्माण गर्ने बताए ।
हाल सरकार परिवर्तन भएको अवस्था तथा आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएका सन्दर्भमा अब आउने मौद्रिक नीति प्रति आम चासो रहेको छ ।
तपाईको प्रतिक्रिया