logo

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरसहितको दुई नयाँ आकर्षक निक्षेप योजना

    1460   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ आकर्षक निक्षेप योजनाहरू– सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ । 

न्युनतम मौज्दात २५ हजार रहेको ‘सुपर प्रिमियम बचत खाता’ मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित ‘मेटलाईफ’ सँगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स,पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को दुई लाख रुपैयाँसम्मको निःशुल्क औषोधपचार वीमा सुविधा प्रदान गर्नेछ । साथै बैंकले निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।

त्यसैगरी, बैंकको अर्को आकर्षक योजना खुत्रुके बचत खातामा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्ष देखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम पाँच सय रुपैयाँदेखि माथि संचय गर्दै जान सक्नेछन् । यदी कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमा पश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउनेछन् । 

अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकमको ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ । भने यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । हाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आइरहेको छ ।

जेष्ठ मसान्तसम्म निक्षेप तर्फ रु. २८.७९ अर्व (४७.८८ %) र कर्जा तर्फ रु. २९.७६ अर्व (५५.२८% ) वृद्धि गर्न सफल भएको सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरुको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको बैंकले दावी छ ।

बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.१३% मा सिमित गर्न सफल भएको छ । गत आर्थिक वर्षमा उक्त अनुपात २.३८% रहेको थियो ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।