logo

फर्स्ट माइक्रोको ११ हजार ६२६ कित्ता सेयरमा लिलामी खुल्यो

    1987   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – फर्स्ट माइक्रोफाइनान्सले साउन १५ गतेदेखि आईतबारदेखि ११ हजार ६२६ कित्ता साधारण सेयरमा लिलामी आवेदन खुला गरेको छ । कम्पनीले गत बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म विक्री गरेको ५० प्रतिशत हकप्रदमा अवितरित सेयर अहिले लिलामी मार्फत बेच्न लागेको हो ।

ईच्छुकले साउन २२ गतेसम्म लघुवित्तको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछ । एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरी पूणांकमा बोलपत्र पेश गर्नुपर्नेे छ । 

बोलपत्र असार २५ गते दिउँसो ३ बजे ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा बोलपत्रबाला वा निजको उपस्थितिमा खुला हुनेछ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बाँडफाँड भएको तीन कार्र्य्दिन पश्चात क्यापिटलले आईपीएस प्रणाली मार्फत आवेदकले उल्लेख गरेको खातामा सिधै फिर्ता गर्नेछ ।

३९ करोड ५५ लाख ८७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुिवत्त कम्पनीले गत आर्थिक वर्षमा आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको छ । लघुवित्तको सेयर आईतबार प्रतिकित्ता १११२ हाराहारीमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।