५ साउन / अर्थ र व्यापार – फर्स्ट माइक्रोफाइनान्सले साउन १५ गतेदेखि ११ हजार ६२६ कित्ता साधारण सेयरमा लिलाम बढाबढमा विक्री गर्ने भएको छ । फस्ट माईक्रोले गत बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म विक्री गरेको ५० प्रतिशत हकप्रदमा अवितरित सेयर अहिले लिलामी मार्फत बेच्न लागेको हो ।
ईच्छुक लगानीकर्ताले साउन २२ गतेसम्म लघुवित्त कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछ । एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरी पुणांकमा बोलपत्र पेश गर्नुपर्ने छ ।
ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा बोलपत्रबाला वा निजको उपस्थितिमा असार २५ गते दिउँसो ३ बजे बोलपत्र खुला हुने छ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बाँडफाँड भएको तीन कार्य्दिन पश्चात आईपीएस प्रणाली मार्फत आवेदकले उल्लेख गरेको खातामा फिर्ता भुक्तानी गर्नेछ ।
गत आर्थिक बर्षमा लघुिवत्त कम्पनीले आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको छ । लघुवित्तको सेयर विहीबार प्रतिकित्ता १०३५ रुपैयाँमा कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया