logo

समीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद खुल्यो

    854   पटक पढिएको

२९ भदौ / अर्थ र व्यापार – समीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद भदौ २९ गतेदेखि बिक्री सुरु भएको छ । माइक्रोफाइनान्सले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

समीटको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । माइक्रोफाइनान्सले हकप्रद प्रयोजनका लागि भदौ नौ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यसअनुसार भदौ आठ गतेसम्म कायम सेयरधनीले मात्र माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न पाउने छन् । 

माइक्रोफाइनान्सका सेयरधनीले सानिमा क्यापिटलको कार्यालय नक्साल तथा समिट माइक्रोफाइनान्सका सबै कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्ने छ । त्यसै गरी सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, बीरगञ्ज र जनकपुर शाखाबाट पनि हकप्रदमा आवेदन गर्न सकिन्छ ।

4इक्रोफाइनान्सको हकप्रद निष्काशन कात्तिक १ गते बन्द हुनेछ । हाल ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । समिटले गत आर्थिक वर्षमा पाँच करोड ९५ हजार रुपैंयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६९ रुपैंया १० पैसा कायम गरेको छ । माइक्रोफाइनान्सको प्रतिकित्ता सेयरमूल्य बुधबार २००५ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।