logo

समीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद खुल्यो

    1183   पटक पढिएको

२९ भदौ / अर्थ र व्यापार – समीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद भदौ २९ गतेदेखि बिक्री सुरु भएको छ । माइक्रोफाइनान्सले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

समीटको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । माइक्रोफाइनान्सले हकप्रद प्रयोजनका लागि भदौ नौ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यसअनुसार भदौ आठ गतेसम्म कायम सेयरधनीले मात्र माइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न पाउने छन् । 

माइक्रोफाइनान्सका सेयरधनीले सानिमा क्यापिटलको कार्यालय नक्साल तथा समिट माइक्रोफाइनान्सका सबै कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्ने छ । त्यसै गरी सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नारायणगढ, बीरगञ्ज र जनकपुर शाखाबाट पनि हकप्रदमा आवेदन गर्न सकिन्छ ।

4इक्रोफाइनान्सको हकप्रद निष्काशन कात्तिक १ गते बन्द हुनेछ । हाल ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । समिटले गत आर्थिक वर्षमा पाँच करोड ९५ हजार रुपैंयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६९ रुपैंया १० पैसा कायम गरेको छ । माइक्रोफाइनान्सको प्रतिकित्ता सेयरमूल्य बुधबार २००५ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।