२४ जेठ / अर्थ र व्यापार- एनएमबि बैंकले स्वदेश वा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक कर्जाको सुविधा ल्याएको छ ।
बैंकले शैक्षिक कर्जा एक करोडसम्म दिनेछ । स्वदेशमा चिकित्साशास्त्र,इन्जिनियरिङ लगायतका अध्ययनका लागि यो शैक्षिक कर्जा सहयोगी हुनेछ । यस वाहेक विदेशमा अध्ययनका लागि जाने विद्यार्थीका लागि समेत उपयोगी हुनेछ ।
यो कर्जामा १० वर्षको समयाअवधि रहेको छ र आवेदन दिएको पाँच दिनमै प्राप्त हुनेछ । यो कर्जाले शिक्षामा आत्मनिर्भरता भन्ने नारासहित आर्थिक समस्या समाधान गर्दै भरपर्दो वित्तिय सेवाका रुपमा स्थापित हुने छ ।
तपाईको प्रतिक्रिया