२६ साउन / अर्थ र व्यापार – हिमालयन पावर पार्टनरको १ करोड ६ लाख ५४ हजार कित्ता सेयर सूचीकरण भएको छ । कम्पनीको सेयर आगामी भदौं ४ गतेबाट कारोबारमा आउनेछ । नेप्सेले कम्पनीहरुलाई लेखा परिक्षण भएको वित्तीय विवरणको आधारमा नेटवर्थको तीन गुणासम्म मूल्य दिने गर्दछ ।
कम्पनीले धितोपत्र बोर्डमा पेश गरेको आवहान पत्र अनुसार भने नेटवर्थ एक सय रुपैयाँ रहेको देखिएको छ । कम्पनीले कतिको मूल्य रेञ्ज पाउनेछ भन्ने निक्र्यौल हुन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया