२३ जेठ / अर्थ र व्यापार-नेपाल स्टक एक्चेन्ज (नेप्से) मा विहीबार तीन कम्पनीको सेयर सूचिकृत भएको छ । बैंक अफ काठमाण्डू, रिलायन्स फाइनान्स र एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्था गरी तीनवटा कम्पनीले मंगलबार बोनस र हकप्रद गरि एक करोड १८ लाख ६२ हजार ४२१ दशमलव ४८ कित्ता सेयर सूचिकृत गराएका हुन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले नेप्सेमा एक करोड पाँच लाख २६ हजार ८५० कित्ता बोनस सेयर सूचिकृत गराएको छ । रिलायन्स फाईनान्स कम्पनीले पनि मंगलबार नै ६ लाख ६८ हजार ५७१ दशमलव ४८ कित्ता बोनस सेयर सूचिकृत गराएको छ ।
त्यस्तै एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्थाको बोनस र हकप्रद सेयर गरी ६ लाख ६७ हजार कित्ता सूचिकृत भएको हो । उसले एक लाख १५ हजार कित्ता बोनस सेयर तथा पाँच लाख ५२ हजार कित्ता हकप्रद सेयरसेयर सूचिकृत गराएकोे छ ।
तपाईको प्रतिक्रिया