logo

अब मासिक ०.९५ ब्याजमै एनआइसी एसियाको घर कर्जा

    1408   पटक पढिएको

९ असोज / अर्थ र व्यापार – एनआइसी एसियाले दसैंतिहारलाई लक्षित गरेर घर कर्जा स्किम ल्याएको छ । बैंकले घर तथा जग्गा खरीद गर्न, घर बनाउनका लागि ऋणको स्किम ल्याएको हो । ’एनआइसी एसिया बैंकको दसैंतिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना ल्याएको बैंकले जनाएको छ । 

मासिक ब्याज ०.९ प्रतिशत रहेको घर कर्जा ल्याएको हो । ग्राहकले घर कर्जाका लागि आवश्यक सबै कागजपत्र उपलब्ध गराएको तीन कार्य दिनभित्रै ऋण उपलब्ध गराउने छ । ब्याज वाहेक प्रोसेसिङ शुल्क, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचनालगायतका कुनै पनि शुल्क ग्राहकले तिर्नु पर्दैन ।

अरु बैंकमा घरजग्गा ऋण भए त्यो स्वाप गरेर एनआइसी एसियामा ल्याउन सकिन्छ । कर्जाको अवधि २५ बर्षसम्मको हुने छ । दुई बर्षसम्म बैंकले ब्याज दर नबढाउने विज्ञप्तिमा उल्लेख गरेको छ ।

कर्जाका लागि अनलाइनबाटै बैंकको वेवसाइटमार्फत कर्जा पाउने योग्य छ र छैन जाँच गर्न सकिने सुविधा पनि उपलब्ध छ । किस्ता वा ब्याज मात्र, कसरी भुक्तानी गर्ने त्यो सुविधा पनि उपलब्ध छ । ग्राहकले आवश्यकता अनुसार घर कर्जा आवधिक वा ओभरड्राफ्टका रुपमा पनि लिन सक्ने छन् ।

घर कर्जासँगै सवारी साधन कर्जा पनि उपभोग गर्न चाहने ग्राहकलाई गाडीको कर्जाको अवधि पनि घरकै जति २५ बर्षको हुने छ । गाडी मात्र लिन चाहने ग्राहकसँग पनि बैंकले कुनै पनि शुल्क तथा दस्तुर नलिने जनाएको छ । बैंकले समुन्नती बचत खातामा बार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । बैंकका १२५ शाखा, ४ एक्सटेन्सन काउन्टर र ११९ एटिएम सञ्चालनमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।