logo

मितेरी डेभलपमेन्ट बैंकको नाफा २४% ले बढ्यो

    1539   पटक पढिएको

१२ माघ / अर्थ र व्यापार - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ५८ करोड ५० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष १६ करोड ९३ लाख रुपैयाँ रहेको छ । वितरण योग्य मुनाफा ३ करोड ८६ लाख २ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ लाख ८५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २ करोड ३७ लाख ४ हजार रुपैयाँ बढेर ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकले ४ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब २४ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप संकलन २३ प्रतिशतले बढेको हो भने कर्जा लगानी २१ प्रतिशतले बढेको हो ।

बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रति शेयर आम्दानी १ रुपैयाँ ७९ पैसा बथियो । बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।