९ माघ / अर्थ र व्यापार - काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुंतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । कम्पनीका अध्यक्ष सर्वेस जोशीले उक्त सेन्टरको उक्त सेन्टरको उद्घाटन गरेका हुन् ।
सोमवारदेखि प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्ताले प्रभावकारी सेवा लिन सक्ने तथा स्मार्टका उत्पादन तथा सेवाहरूको जानकारी सहजै प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । सेन्टरबाट ग्राहकहरूले सम्पूर्ण आवश्यकता एवं जिज्ञासा सहज र सुलभ तरिकाबाट ंसमाधान गरिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले प्रदान गर्ने नयाँ सेवा त था उत्पादनहरूको जानकारी पनि उक्त सेन्टरबाट लिन सकिने कम्पनीले बताएको छ ।
ग्राहकका लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सेन्टर स्थापना गरिएको कम्पनीका अध्यक्ष जोशीले बताए । सन् २००८ मा स्थापना भएको स्मार्ट सेलले मुलुकका दुर्गम ोत्रहरूमा सेवा प्रदान गर्दै आएको छ । टेलिकमले हालै काठमाडौं, ललितपुर, भक्तपुर तथा पोखरामा आफ्नो फोरजि सेवा प्रदान गरिसकेको छ ।
तपाईको प्रतिक्रिया