२६ मंसिर/अर्थ र व्यापार– अमेरिकी कम्पनी एप्टेरा मोटर्सले घामबाट चार्ज हुने गाडी सार्वजनिक गरेको छ । यो गाडी फुल चार्जमा १६ सय किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ ।
यो गाडीलाई सौर्य शक्तिसोस्न सक्ने गरी डिजाईन गरिएको छ । ३ वटा पांग्रा भएको यो गाडी हेर्दा सानो जेट जस्तो देखिन्छ ।
यसमा २ वटा सिट जडान गरिएको छ । यो गाडी २५ किलोवाट आवर देखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा उपलब्ध छ ।
त्यस्तै यो १ सय किलोवाटको फ्रन्ट ह्विल ड्राइभ र १ सय ५० किलोवाटको अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध छ ।
एप्टेरा प्याराडिजिम गाडीका विभिन्न अप्सनले १ सय ३४ विपिएच देखि २ सय १ विपिएच पावर जेनेरेट गर्न सक्ने बताइएको छ ।
त्यस्तै यसले ०.५ सेकेन्डमा शुन्यदेखि १०० किलोमिटरसम्मको रफ्तार पकड्न सक्छ भने यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ ।
तपाईको प्रतिक्रिया