२५ मंसिर/अर्थ र व्यापार– नेपाल टेलिकमको हुम्ला कार्यालयमा तालाबन्दी गरिएको छ ।
गुणस्तरीय सेवा नदिएको भन्दै जिल्लाका युवा संघ र नागरिक समाजले दुरसञ्चार कार्यालय हुम्लामा तालाबन्दी गरेको हो ।
संघका अध्यक्ष सुवास रोकायाले महिनौंसम्म ध्यानाकर्षण गराउँदा सुनुवाई नभएपछि जिल्लाका युवा संघ र नागरिक समाज मिलेर तालाबन्दी गरेको जानकारी दिए ।
टेलिकम कार्यलय हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले सकेसम्मको गुणस्तरीय सेवा दिईरहेको बताए ।
जिल्लामा सेवाग्राही सञ्चार सुविधाबाट वञ्चित हुँदा पनि टेलिकमले बेवास्ता गरेको स्थानियको गुनासो छ ।टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीको ठम्याई छ ।
तपाईको प्रतिक्रिया