logo

नेपाली बजारमा विद्युतिय गाडी निसान लिफ सार्वजनिक, मूल्य ५९ लाख ९९ हजार रुपैयाँ

    1447   पटक पढिएको


२४ असार/अर्थ र व्यापार– नेपालका लागि निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा विद्युतीय कार निसान लिफ सार्वजनिक गरेको छ । बुधबारबाट गाडीको बुकिङ समेत खुलेको छ ।

आधिकारीक वितरक पायोनियर मोटोकर्पले बुधबार विद्युतीय कार निसान लिफको भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको हो । नेपाली वजारमा ‘बोल्ड प्रिमियम लुक्स’ र अत्याधुनिक फिचरका साथ निसान लिफ नेपाली बजारमा आएको हो ।

निसान ब्राण्डको फ्लेगसिप र सतप्रतिशत विद्युतीय कार अल न्यु निसान लिफमा उत्कृष्ट पर्फमेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राभिङ अनि शून्य कार्बन उत्सर्जन क्षमता भएको कम्पनीले बताएको छ ।

पाँच सिटको ह्याचब्याक कार निसान अत्याधुनिक, उर्जा दक्षता र एरोडाइनमिक डिजाइनयुक्त निसान लिफको एक्सटेरियर लुक्सले बलियो ब्राण्डको झलक दिन्छ । निसान लिफ इन्टेलिजेन्ट ड्राइभिङ, पावर र इन्टिग्रेसनको उदाहरणीय समायोजन रहेको कम्पनीले बताएको ।

सतप्रतिशत विद्युतीय र शून्य कार्बन उत्सर्जनको मूल उद्देश्य बोकेका निसान लिफको चार्जिङ सुविधा काठमाडौंमा निसानको हरेक डिलरसिपमा उपलब्ध छ । यसमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ ।

यसको स्ट्याण्डर्ड मोडलमा १४७ हर्सपावरको विद्युतीय मोटर र ४० किलोवाटको ब्याट्री छ । यसले प्रतिघण्टा १४४ किलोमिटरको दूरी तय गर्दछ । एक पटकको फूल चार्जमा यो गाडी ३११ किलोमिटरसम्म चल्न सक्छ ।

निसान लिफले १४८ बीएचपीको पावर र ३२० एनएमको टर्क दिन्छ । गाडीभित्र रहेको ७ इन्चको कलरफूल कस्टमाएबल एमोलेड डिस्प्लेमा पावर मिटर, चार्ज टाइम, र इन्फोटेन्मेन्ट जस्ता उपकरण राखिएका छन् । सी सेग्मेन्टका इन्धनबाट सञ्चालन हुने कारको तुलनामा यो ३० प्रतिशत कम नै शान्त छ ।

यस गाडीमा भएको इपेडल प्रविधिका कारण एउटा पेडलबाटै चलाउन सकिन्छ । एउटै पेडलले ब्रेक र एक्सिलेरेटरको काम गर्दछ । इलेक्ट्रिक एक्सिलेन्सको स्वाद पस्कने निसान लिफको मूल्य भने ५९ लाख ९९ हजार नेपाली रुपैयाँ रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।