logo

नेपाल टेलिकमको खुद नाफा १५ अर्ब ४२ करोड

    1698   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । नेपालको सेयर बजारमा सूचिकृत कम्पनी मध्ये यति धेरै नाफा कमाउने कम्पनी नेपाल टेलिकम मात्र हो । कम्पनीको नाफा चुक्ता पूँजी भन्दा ४२ करोड रुपैयाँ बढी हो । 

टेलिकमले अघिल्लो आर्थिक बर्षमा ११ अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षमा टेलिकमले १६ अर्ब २९ करोड रुपैयाँ नाफा र्पुयाउने लक्ष्य लिएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा नाफा र कारोबार दुबै बढ्दै गएको जानकारी प्राप्त भयो ।

गत आवमा टेलिकमले कुल ४४ अर्ब ६८ करोड रुपैयाँ कारोबार गरेको र चालु आर्थिक वर्षमा कम्पनीले साढे ४९ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमको चुक्ता पूँजी १५ अर्ब रहेको छ । जसको सेयर मूल्य ६७० रुपैयाँ हाराहारी रहेको छ ।

टेलिकमले फोरजी सेवा विस्तारका लागि काम गरिरहेको तथा अन्य थप सेवा विस्तार गर्ने काम भइरहेकाले कारोबारको आकार बढ्ने छ । रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको टेलिकमले त्यसो भएमा झनै धेरै गुणात्मक फड्को मार्नसक्छ । टेलिकममा ९२ प्रतिशत सरकार र बाँकी ८ प्रतिशत सर्वसाधारणको लगानी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।