logo

एनसेलको दसैं, तिहार उपहार योजना 

    1883   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार– एनसेलले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ ।

कम्पनीका अनुसार प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरेर आकर्षक दैनिक, साप्ताहिक र बम्पर उपहार दिने जनाएको छ ।

आइतबारदेखि लागु भएको यो योजना मंसिर १३ गतेसम्म कायम रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । 

१७१०७ मा डायल गरी योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउने छन् ।

तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउने र उपहार जित्न योग्य हुने कम्पनीले जनाएको छ ।

उपहारमा हरेक दिन ७०० जना ग्राहकलाई दुई सय रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० पाउनेछन् ।  

कम्पनीका अनुसार यसरी प्राप्तहुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्रकल, एसएमएस गर्न तथा डेटा चलाउनप्रयोग सक्नेछन् ।

साप्ताहिक उपहारमा साता भरी धेरै कुरा गर्ने ग्राहकहरु मध्ये सातै प्रदेशका १र१ जना गरी ७ जना ग्राहकले सामसुङ ग्यालेक्सी एम ०१ एस ह्याण्डसेट उपहार पाउनछन् । 

योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी नोट २० पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोरोना महामारीले आफन्तलाई टाढा राखेको बताउँदै त्यही अवस्थालाई मध्यनजर गरेर आकर्षक पुरस्कार योजना ल्याएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।