१९ पुस / अर्थ र व्यापार - काठमाडौं । आन्तरिक राजश्व विभागले एनसेललाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ ।
वुधबार पत्रिकामा सूचना प्रकाशित गर्दै करदाता कार्यालयले १५ दिन भित्र कर तिर्न भनेको हो । सोही सूचना अनुसार एनसेलको टेलिया कम्पनी स्विडेनले पुष १८ सम्मको सामा र व्याज गरी ६५ अर्व ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ ।
यदी कर नतिरेमा कानुन बमोजिम कर उठाउन आयकर ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएकोछ ।
तपाईको प्रतिक्रिया