logo

उपत्यकामा एनसेलले फोरजी सेवा सुरु गर्याे

    1304   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सञ्चालनमा ल्याएको छ । एनसेलले बिहीबारदेखि काठमाडौं उपत्यकाबाट फोरजी सेवा सञ्चालनमा ल्याउने छ । काठमाडौं उपत्यका सहित नगरकोट, बनेपा र धुलिखेलमा पनि एनसेलले फोरजी सेवा सुचारु गर्नेछ ।
 फोरजी चल्ने मोबाइल भएका तथा फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका सबै एनसेलका ग्राहकले उक्त सेवा लिन सक्नेछन्। एक्जियटा कम्पनी आउनुभन्दा पहिलाको सिमलाई यु–सिम बनाएपछि फोरजी सेवा चल्ने छ । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएर उच्चस्तरको डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्न तर्फ लागेको हो ।
एनसेलले आगामी सात महिनाभित्रमा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी र्पुयाउने लक्ष्य लिएको छ जसको लागि कम्पनीले देशका विभिन्न ४० सहरमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सकिने छ भने नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन्।
नयाँ प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याएको अवसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई तीन दिन समयावधि रहेको एक जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्नेछ। साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योन्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन्। यसबाहेक कम्पनीले चाँडै डिभाइस सर्भिस बन्डलिङमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजना ल्याउनेछ।
ब्रोडब्यान्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिमा ब्रोडब्यान्ड सेवा र्पुयाउने लक्ष्य लिएको छ । हाल एनसेलले एक करोड ५० लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय मोबाइल सेवा र ६० लाखभन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको छ। एनसेलले सन् २०१० देखि नै फोरजीरएलटिई सञ्चालनका लागि फ्रिक्वेन्सी प्रदान गर्न अनुरोध गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।