logo

पुस २२ गतेबाट मिडिया महोत्सव हुँदै

    2513   पटक पढिएको


१८ पुस / अर्थ र व्यापार - काठमाडौँ– नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ ।  महोत्सवमा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति, पत्रकारिता क्षेत्रका विज्ञ तथा समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक संघसंस्थाका प्रतिनिधि सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस तथा छलफल गर्ने उद्देश्य छ । 

लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकारको अनुभवबारे छलफल गरिने तथा सबैखाले विचार अटाउने सन्देश प्रवाह गर्ने महोत्सवको मुख्य लक्ष्य रहेको दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा ठूला सञ्चारमाध्यम तथा सरकारी सञ्चारमाध्यममा समाचार कक्ष र समाचार अन्तरवस्तुमा भाषाभाषी, जातजाति, लैंगिक विभेद र त्यहाँ कार्यरत पत्रकारको समस्याबारे पनि छलफल गरिने बताइएको छ । 

समावेशी नेपालमा बहुभाषिक पत्रकारिताको महत्व जगाउने तथा यसलाई संस्थागत रुपमा कसरी विकास गर्ने भन्ने बहसको केन्द्रबिन्दु हुने अध्यक्ष महर्जनले बताए । महोत्सवमा नब्बे वर्षअघि भारतको कोलकाताबाट नेपाल भाषामा पत्रिका प्रकाशन गर्दै आएका नेपाल भाषाका अग्रज पत्रकार धर्मा्दित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारका रुपमा घोषणा गर्ने कार्यक्रम पनि रहेको दबुका महासचिव सुनिल महर्जनले जानकारी दिए । 

उनका अनुसार धर्माचार्य र नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको तस्वीरअंकित पात्रो प्रकाशन गरिने तथा नेपाल भाषाका पुराना पत्रकारको जीवनी रहेको बुलेटिन पनि लोकार्पण गरिने छ । त्यस्तै ‘नेपाल भाषा’ दैनिकका सम्पादक सुरेशकिरण मानन्धर, वरिष्ठ पत्रकार युवराज घिमिरे, बुद्धिजीवी सिके लालसँग अन्तक्र्रिया गरिनाका साथै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीको मन्तव्य प्रस्तुत हुनेछ । 

महोत्सवमा नेपाल भाषालगायत विभिन्न भाषाका पत्रपत्रिका, मैथिली भाषाको ‘अपन टिभी’, ‘नेपाल समाचारपत्र’ दैनिक, ‘नागरिक’ दैनिक, ‘कामना’ मासिकलगायत ३२ सञ्चारमाध्यमको कक्ष रहने दबुका उपाध्यक्ष सुरजवीर बज्राचार्यले जानकारी दिए । नेपाल संवत् ११३२ मा स्थापित दबु २५ जिल्लामा नेपाली पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन तथा मातृभाषाको पत्रकारिताको विकास गर्न क्रियाशील हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।