logo

लकडाउन्स गट ट्यालेन्ट आयोजना हुँदै, भिडियोहरू जेठ ३१ गतेभित्र पठाउनुपर्ने

    2172   पटक पढिएको

२५ ज्येष्ठ / अर्थ र व्यापार -नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवा मध्येको डिजीपेको प्रायोजनमा स्टेट एट मिडियाले “घरमै बस्नुस्, प्रतिभा देखाउनुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस” भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ ।

कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुक सहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

प्रतियोगितामा भाग लिन आफूमा रहेको जुनसुकै प्रतिभा (नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला (कुकिङ), टिकटक, कविता आदि) को भिडियो बनाइ पठाउनु पर्ने र ती भिडियो सामाजिक सञ्जालमा लाइक, सेयरको आधारमा प्रतियोगिताका विजयी छनोट गरिने स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष शालिनी नेपालले बताइन । नेपालका अनुसार यो प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिने छ ।

‘प्रत्येक पटक १०–१० जना गरी चार राउन्डमा ४० जना र अत्याधिक लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिनेछ,’ प्रतियोगिताका मुख्य प्रायोजक एवं सह–आयोजक डिजीपेका कार्यकारी निर्देशक दिवाकर पाण्डेले भने । ती ५० जना प्रत्येकको डिजीपे खातामा तत्कालै १–१ हजार रुपैयाँ नगद जम्मा गरिने, उनीहरूले विभिन्न प्रायोकहरु जस्तै बेननेभिज आइसक्रिमका तर्फबाट गिफ्ट ह्याम्पर, नेटम्याक्सका तर्फबाट ३ महिनासम्म निःशुल्क इन्टरनेट, टीटाइम र कफी ब्रेकले ५०० रुपैयाँबराबरको गिफ्ट ह्याम्पर, एलओडी डिस्कोमा लकडाउन खुलेपछि जोडीलाई निःशुल्क प्रवेशका साथै स्न्क्याक्स र ड्रिंक्सलगायतका पुरस्कार पाउने आयोजकले जनाएको छ ।

‘यो यस्तो यूनिक प्रतियोगिता हो, जसको कुनै निर्णायक (जज) हुने छैनन्, सामाजिक सञ्जालहरूमा अत्याधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिनेछ,’पाण्डेले भने । करिब दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगिताको अन्तिम स्पर्धाका मुख्य बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने डिजीपेले जनाएको छ । प्रतियोगितामा भाग लिन पहिलो चरणका प्रतिष्पर्धी भिडियोहरू जेठ ३१ गते भित्र पठाउनु पर्ने र असार १ गते पहिलो चरणको भोटिङ र दोस्रो चरणको भिडियो आवेदन लिन सुरु गरिने सहआयोजक डिजीपेका पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।