१ असार / अर्थ र व्यापार - अब केएल मोबाइल हब संचालनमा आउने भएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा संचालनमा आउने केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा एफ क्युब मा सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार बराबरको २ जनालाई प्रवेश, लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने छ ।
मोबाइल हब संचालनको अबसर पार्दै बिभिन्न मोबाइल कम्पनीहरुले बिशेष छुट पनि दिने भएका छन् । बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने छ ।
नेपालमै पहिलो पटक फरक अबधारणामा असार ५ गतेबाट संचालनमा आउन लागेको यो मोबाइल हबमा ६० मिनेट मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एण्ड फिल जोनको सुबिधा पनि रहेको छ ।
तपाईको प्रतिक्रिया