२३ पुष / अर्थ र व्यापार - काठमाडौं । आज बर्षकै सबैभन्दा बढी चीसो मौसम मापन गरिएको छ । विहान काठमाडौंमा शून्य दशमलव ५ डिग्रीमा मापन गरिएको छ। मौसम विद्हरुका अनुसार यो तापक्रम करिव डेढ दशकको सबैभन्दा कम हो ।
अहिले देशको काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । मौसमविद्हरुले अझै केही दिन चीसो बढ्दै जाने अनुमान गरेका छन् । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन् ।
तपाईको प्रतिक्रिया