logo

फुडमाण्डको अनलाइन 'फुड फेस्टिभल’ आजदेखि सुरु

    1261   पटक पढिएको

२ माघ/अर्थ र व्यापार– अनलाइन फुड डेलिभरी प्ल्याटफर्म फुडमाण्डूले यो वर्षको अनलाइन फुड फेस्टिभल आजदेखि सुरु हुने भएको छ ।

फुडमाण्डूले अनलाइन प्ल्याटफर्म मार्फतसन् २०१७ देखि फुड फेस्टिभलको नियमितरुपमा आयोजना गर्दै आएको छ ।

पहिलो पटक पोखरामासमेत आयोजना हुने फेस्टिभलमा यसपटक काठमाडौंका ३० र पोखराका १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन् ।

कम्पनीले उत्कृष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जनसमेत प्रदान गर्नका लागि आयोजना गरिएको जानकारी दिएको छ ।

सात दिनसम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिभलमा छुटमा खानेकुरा उपलब्ध हुने, अग्मेन्टेड रियालिटी गेम, पहिलो पटक लाइभ म्यूजिकको फिचर्स पनि थपेको छ ।

कम्पनीका मार्केटिङ एण्ड सेल्स म्यानेजर श्याम मालीले अनलाइन फुड फेस्टिभलमा आफ्ना ग्राहकहरुलाई  फुड अर्डर बिक्री गर्ने मात्र नभएर मनोरञ्जन लागि लाइभ म्यूजिक परफरमेन्स समेत हुने बताए ।
लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष प्रस्तुती दिने छन् ।

कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा  मोबाइल एप्समार्फत् अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५०० सय रुपैयाँ बराबरको २५ प्रतिशतसम्मको छुट अफर दिनेछ । क्यूआरमार्फत् हुने भुक्तानीमा अतिरिक्त छुट हुने छ ।

अनलाइन फुड फेस्टिभलमा कम्पनीले १  रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ ।  गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त सकिने छ ।

फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना हुने छ । मिस्ट्री ब्यागमा  न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

फेस्टिभलमा सहभागी हुनका लागि फुडमान्डूको मोबाइल एप्लीकेशन मार्फत त्यसमा रहेको फेस्टिभल सेक्सनमा क्लिक गरेपछि एनिमेशन प्ले गरेर आफूले चाहेको खानेकुरा अर्डर गर्न तथा गेमहरु खेल्न सकिने छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।