९ असार / अर्थ र व्यापार – फेसबुकले प्रोफाइल र कभर तस्बिर कसैले पनि डाउनलोड वा सेयर गर्न नसक्ने गरी नयाँ टुलको विकास गरेको छ । फेसबुक प्रयोगकर्ताले राखेका तस्बीरहरू आफैंमा सुरक्षित गर्न फेसबुकले यस्तो टुल विकास गरेको हो ।
यो टुलको प्रयोग भने अहिलेलाई भारतमा मात्र हुनेछ । भारतमा गरिएको अभ्यासको आधारमा अन्य देशमा पनि यो प्रविधिको सुरुवात गर्ने छ ।
फेसबुकमा नयाँ टुल जोडिएपछि प्रयोगकर्ताले प्रोफाइल तस्बिर डाउनलोड र सेयर गर्न नसक्ने हुनेछ । त्यसैगरी फेसबुकमा साथी नभएकाहरुले ट्याग पनि गर्न नसक्ने हुनेछ ।
यस टुलको मद्दतले तस्बिरहरुको गलत प्रयोग हुनबाट रोक्न सकिन्छ ।
फेसबुकमा गरिएको एक अध्ययनले फेसबुक प्रयोगकर्ता महिलाहरु आफ्नो तस्बिरको गलत प्रयोग हुन जाने डरले अनुहार देखिने प्रोफाइल तस्बिरहरू हाल्न डराउने गरेका छन् ।
तपाईको प्रतिक्रिया