logo

डिशहोमद्वारा गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्न सवा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी थप

    1558   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालि आक्रमक बजार बिस्तारमा लागेको छ । स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको डिशहोमले सवा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी थप गर्न लागेको हो । गाउँगाउँमा टेलिभिजन सेवा पुर्याएर सफलता कमाएको डिश होमले दुर्गम ठाउँमा पनि स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउन लागेको हो । कम्पनीले केयर नेपालबाट २ अर्ब २२ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ ।

डिश मिडियाले ४४ करोड ८४ लाख रुपैयाँ दीर्घकालिन रुपमा ऋण लिन खोजेको छ भने १ अर्ब ७८ करोड रुपैयाँ अल्पकालिन अवधीको लागि ऋण लिन खोजेको छ ।  केयर नेपालले दीर्घकालिन रुपमा लिन खोजेको ऋणलाई ट्रिपल बी र अल्पकालिनको लागि ट्रिपल ए रेटिङ दिएको छ ।
सिंहदरबारको अधिकार स्थानीय तहमार्फत् गाउँगाउँसम्म पुगेसँगै सिंहदरबारको सुविधा पनि गाउँगाउँसम्म पुर्याउन आफूहरु लागि परेको डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए । स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउने विषयमा केही अध्ययन गर्दा लागत अलि महंगो देखिएको आचार्यले बताए । त्यसैले अहिले आफूहरु सस्तो लागतमै कसरी सेवा दिन सकिन्छ भनेर अध्ययन गरिरहेको उनले सुनाए ।

प्रवन्ध निर्देशक आचार्यका अनुसार स्याटालाइटबाट उपलब्ध गराउने सेवा खोला जस्तो एकनासले बग्ने भएकाले त्यो खपत भएन भने कम्पनीलाई नोक्सान हुन्छ । जसकारण पनि सेवा महंगो पर्न गएको हो । तर, गाउँगाउँमा ५०र६० घर बनाएर एक प्वाइन्टमार्फत् त्यहाँ सेवा दिने मोडालिटिमा काम अघि बढाइएको छ ।
यसै मोटालिटीमा सेवा दिनका लागि विदेशी कम्पनीसँग सहकार्य गर्ने तयारी भइरहेको उनले जानकारी दिए । प्रबन्ध निर्देशक आचार्यका अनुसार निकट भविष्यमै कुनै दुर्गम गाउँमा पाइलट प्रोजेक्टको रुपमा परिक्षण गरिने छ । परिक्षण सफल भएपछि सेवा विस्तार गर्नतर्फ लागिने  उनले बताए ।
आचार्यका अहिले पनि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । तर, त्यसको लागत अहिले अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिने शुल्कभन्दा दोब्बर बढी महंगो देखिएकाले  कसरी सस्तो मूल्यमा सेवा दिन सकिन्छ भनेर लागि परेको उनले सुनाए ।

सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारी नीति अनुसार करिब ६ सय स्थानीय तहमा बैंक पुगिसकेका छन् । त्यसैगरी, सरकारले प्रत्येक स्थानीय तहमा श्रम एजेन्ट स्थापना गर्ने उद्देश्य राखेको छ । र, स्थानीय सरकारलाई पनि इन्टरनेट आवश्यक पर्छ । यीनै कुरालाई मध्यनजर गर्दै र गाउँगाउँका जनतालाई इन्टरनेटको पहुँचभित्र ल्याउनका लागि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।

शहरी इलाकामा भने सिम टीभीका माध्यमबाट तारमार्फत् इन्टेरनेट सेवा दिने काम शुरु गरिसकिएको आचार्यले जानकारी दिए । डिश होम सञ्चालन गरेको ९ वर्ष भयो । डिशहोमले नेपाली टेलिभिजनको दुनियाँमा नयाँ क्रान्ति नै गरेको छ । टेलिभिजन सेवामा राम्रो सफलता पाएपछि डिशहोम इन्टरनेट सेवा दिन तातिएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।