५ भदौ / अर्थ र व्यापार – भारतमा डिटल कम्पनीले देशकै सस्तो फोन सार्वजनिक गरेका छ । भारतीय समाचारमाध्यम अनुसार यसको मूल्य ४७९ रुपैयाँ पर्ने छ । हाल यो फोन भारतको एक अनलाइन साइटबाट किन्न सकिनेछ । सेप्टेम्बरबाट बजारमा बिक्रीका लागि ल्याइने छ ।
कम्पनीका फाउन्डर योगेश भाटियाले डिसेम्बरसम्ममा १० लाख वटा फोन बेच्ने लक्ष्य राखेका छन् । जोसँग हाल कुनै फोन छैन वा स्मार्टफोन किन्न सक्दैनन् , उनीहरुका लागि विशेषगरी यो ल्याइएको हो ।
१.४४ इन्च मोनोक्रोम डिस्प्ले भएको यो फोनमा ६५० एमएएच पावरको ब्याट्रि छ । एक सिम लाग्ने यसमा टर्च, एफएम रेडियो र स्पीकरका साथै भाइब्रेसन मोड छ ।
तपाईको प्रतिक्रिया