logo

एप्पलले आउँदो हप्ता विभिन्न प्रोडक्ट्स ल्याउँदै

    2009   पटक पढिएको


२१ जेठ / अर्थ र व्यापार-सोमबारदेखि एप्पलको सबैभन्दा ठूलो समारोहमध्येको एक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स सुरु हुँदैछ । एप्पलले विगतका यस्ता सम्मेलनमा आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यो वर्ष चाहीँ एप्पलले सफ्टवेयर मात्र नभै हार्डवेयरको मामिलामा पनि ठूलो घोषणा गर्नसक्ने छ ।

जुन ५ देखि ९ सम्म चल्ने यो वर्षको सम्मेलनमा एप्पलले आइप्याड प्रो, म्याकबुक तथा सिरी स्मार्ट स्पिकर जस्ता नयाँ प्रडक्टहरु लञ्च गर्ने अनुमान पनि गरिएको छ । यस पटक एप्पलले मोबाइल अपरेटिङ सिस्टम आइओएसको नयाँ भर्सन आइओएस ११ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसमा इन्टरफेस नयाँ हुनसक्नेछ भने ग्रुप फेसटाइम फङ्क्सनालिटी पनि थप हुनेछ । साथै यो सँगै ३२ बिट एप्सको पनि अन्त्य हुनेछ ।

 एप्पलले सोमबार १०.५ इन्चको आइप्याड प्रो सार्वजनिक गर्नेछ । यस इभेन्टमा आइप्याड प्रो लञ्च हुने सम्भावना ७० प्रतिशत रहेको छ । एप्पलले नयाँ मोडल लञ्च गर्नेछ वा अक्टोबर २०१६ मा लञ्च गरेको म्याकबुक प्रो मोडलमा टचबार आइडी वा टचआइडीको फिचर मात्र थप गरेर ल्याउनेछ ।

अमेजनको एको तथा गुगलको होमलाई टक्कर दिँदै एप्पलले पनि सिरीयुक्त स्पिकर ल्याउनेछ । यसमा अनुहार पहिचान गर्नसक्ने फिचर हुनेछ । यो आइओएसमा चल्ने बताइएको छ । एप्पलले यो पटक म्याजिक किबोर्ड लञ्च गर्नसक्ने दाबी कतिपयले गरेका छन् । यस किबोर्डमा टच आइडी तथा टचबार हुनसक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।