२५ मंसिर/अर्थ र व्यापार– एप्पलले ‘टेस्ला’ जस्तै मोडलको ‘एप्पल कार’ ल्याउने तयारी गरिरहेको छ । टेस्ला अमेरिकी विद्युतीय गाडी कम्पनी हो ।
एप्पल इन्साइडरका अनुसार एप्पलले आफ्ना उपकरणका लागि चिप्स बनाउने कम्पनी ‘ताइवान सेमिकन्डक्टर मानुफ्याक्चुरिङ कम्पनी’ (टिएमसीं) सँगको सहकार्यमा गाडी बनाउन लागेको हो ।
कम्पनीको ‘प्रोजेक्ट टाइटन’ अन्तर्गत टिएमसीले सेल्फ ड्राइभिङ्ग गाडीको लागि टेक्नोलोजी विकास गरिरहेको एप्पल इन्साइडरले बताएको छ ।
ताइवानको एक मिडिया अनुसार एप्पल र टिएमसी हाल सेल्फ ड्राइभिङ्ग चिप्स टेक्नोलोजीमा काम गरिरहेको छ। यी दुई कम्पनीले अमेरिकामा चाडैँ नै ‘एप्पल कार’को चिप्स उत्पादन गर्ने कारखाना पनि खोल्ने छ ।
एप्पलका विश्लेषक मिङ ची कुओका अनुसार कम्पनीले सन् २०२३ र २०२५ को बिचसम्म ‘एप्पल कार’ सार्वजनिक गर्न सक्ने अनुमान छ । एप्पलले आफ्नै गाडी बनाउन सुरु गरेको ‘प्रोजेक्ट टाइटन’ करिब एक वर्षदेखि अघि बढिरहेको छ ।
–एजेन्सीहरुको सहयोगमा
तपाईको प्रतिक्रिया