logo

लेखा समितिमा दूरसञ्चार प्राधिकरणको जवाफ: कानुनको शर्त नमाने एनसेल बिक्री अवैधानिक हुन्छ

    1028   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्री अवैधानिक हुन सक्ने बताएको छ ।
बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सोधेको प्रश्नको लिखित जवाफ पठाउँदै प्राधिकरणले कानुन र नियम विपरीत पाइए एनसेलको सेयर खरिद बिक्री अवैधानिक हुन सक्ने बताएको हो ।
गत १५ मंसिरमा मलेसियन कम्पनी आजियटाले एनसेलको ८० प्रतिशत सेयर रहेको संस्था रेनोल्ड होल्डिङ्स गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको जानकारी गराएको थियो ।
सात वर्षअघि आजियटाले रेनोल्ड होल्डिङ्स नामक कम्पनी एक खर्ब ४४ अर्ब रुपैयाँमा खरिद गरेको थियो । अहिले ६ अर्ब रुपैयाँमा बिक्री गरेपछि यसलाई शंकास्पद र अवास्तविक भन्दै प्रश्न उठेको छ ।
यो खरिद बिक्रीको छानबिन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति बनाएको छ । त्यस्तै शेयर खरिद बिक्रीका विषयमा संसदको सार्वजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिले चासो राखेका छन् ।
१७ मंसिरमा सार्वजनिक लेखा समितिले सो सेयर खरिद बिक्री कानुन बमोजिम हो वा होइन, यसले नेपालको राजस्व र करमा के कस्तो असर पर्छ भनेर नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतसँग जवाफ मागेको थियो ।
लेखा समितिलाई ३ पानाको पत्र पठाएको प्राधिकरणले चुक्ता पुँजीको ५ प्रतिशत शेयर खरिद बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी गराएको छ ।
यसैगरी, शेयरधनीले खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पनि रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यी कानुनी व्यवस्था उल्लेख गर्दै लेखा समितिलाई लेखेको जवाफ पत्रको नवौं बुँदामा भनेको छ, ‘दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ र नेपाल दूरसंचार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमवली, २०७६ ले तोकेका शर्तहरु पूरा नगरेमा यो कारोबार अवैधानिक ठहर्ने देखिन्छ ।’

जवाफ पठाउने क्रममा प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त व्यक्तिले शेयर खरिद, बिक्री वा हक हस्तान्तरण गर्दा कानुन मान्नैपर्ने पनि उल्लेख गरेको छ । शेयर खरिदबिक्री सम्बन्धी विनियमावलीमा किन्ने र बेच्ने दुवै पक्षले निवेदन दिएपछि प्राधिकरणको स्वीकृतिबाट मात्रै कारोबार गर्न मिल्ने व्यवस्था छ ।
‘यस व्यवस्थाको उल्लघंनले नेपालको दूरसञ्चार क्षेत्र जुनसुकै समूहको हातमा जान सक्ने भएकाले पूर्ण परिपालना नहुँदा राज्य/नियमनकरी निकायले उच्च जोखिम बहन गर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले लेखा समितिलाई पठाएको जवाफमा यस्तो भनिएको छ ।
दूरसञ्चार प्राधिकरणले ५० प्रतिशत विदेशी लगानी रहेको दूरसञ्चार कम्पनीको अनमतिपत्रको अवधि २५ वर्ष पूरा भएपछि त्यो नेपाल सरकारकै मातहत आउने कानुनी व्यवस्था रहेको पनि उल्लेख गरेको छ ।
अनुमतिपत्र पाएको कम्पनीको म्याद सकिएपछि भने विभिन्न जोखिम हुने प्राधिकरणले जवाफ लेखेको छ । टावर व्यवस्थापन, सेवा सञ्चालन, ग्राहकलाई विकल्प दिने अवसर, रोजगारी लगायतका विषय जोडिने भन्दै उसले त्यसबाट अतिरिक्त जोखिम हुने औंल्याएको छ ।
एनसेलमा ८० प्रतिशत लगानी गरेको मलेसियाको कम्पनी आजियाटाले एनसेलको सेयर बिक्रीबारे जानकारी दिन जारी गरेको सूचनामा नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको आरोप लगाएको थियो । दूरसञ्चार प्राधिकरणले यो आरोपको सम्बन्धित कम्पनीले नै पुष्टि गर्नुपर्ने सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।