logo

रेडियो नेपालको ४१ रोपनी जग्गा दूरसञ्चार प्राधिकरणलाई

    1176   पटक पढिएको


२१ असार/ अर्थ र व्यापार – सरकारले ललितपुरको खुमलटारस्थित रेडियो नेपालका नाममा रहेका रहेको ४१ रोपनी ४ आना जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
जग्गाको हक हस्तान्तरणका लागि प्राधिकरणले प्रतिआना ४० लाख रुपैयाँका दरमा रेडियो नेपाललाई रकम भुक्तानी गर्नेछ । यसअनुसार रेडियो नेपालले करिब साढे २ अर्ब ६० करोडभन्दा बढी मूल्य रुपैयाँ पाउनेछ । गत साता बसेको मन्त्रिपरिषद बैठकले रेडियो नेपालको जग्गा ४० लाख रुपैयाँ प्रतिआना प्राधिकरणले रेडियो नेपालको खातामा जम्मा गर्ने गरी हक हस्तान्तरणको स्वीकृत दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘रेडियो नेपालको जग्गाको हक अब दूरसञ्चार प्राधिकरणलाई हस्तान्तरण गरिनेछ,’ उनले भने ।

२०७५ सालमै मन्त्रिपरिषद बैठकले रेडियो नेपालको जग्गाबापत सरकारी दररेट अनुसारको रकम मन्त्रालयको सहमतिमा नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसरी प्राप्त हुने रकम रेडियो नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहमतिमा पूँजीगत कार्यमा खर्च गर्ने निर्णय भएको थियो ।
तर, रेडियो नेपालको जग्गा भाडामा लागेर विवाद उत्पन्न भएपछि अदालतसम्म मुद्दा पुगेकाले हक तथा स्वामित्व हस्तान्तरण हुन पाएको थिएन । अदलतबाछ मुद्दा टुंगिएर रेडियो नेपालको पक्षम फैसला भइसकेकाले अब मन्त्रिपरिषदले जग्गाको यकिन विवरणसहित प्राधिकरणलाई जग्गा उपलब्ध गराउन सहमति दिएको हो ।

यो जग्गामा प्राधिकरणले नेपालको स्याटेलाइटको ग्राउन्ड स्टेसन निर्माण गर्ने योजना बनाएको थियो । तर, अहिले आफ्नै स्याटेलाइट राख्ने परियोजना स्थगित भएकाले यहाँ प्राधिकरणको केन्द्रीय कार्यालय स्थापना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।