logo

सूचना प्रविधीको विस्तारमा छलाङ, इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघ्यो

    1436   पटक पढिएको


२५ मंसिर /अर्थ र व्यापार – पछिल्लो समय मुलुकमा सूचना प्रविधीको विस्तारमा छलाङ मारिएसँगै हाल देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्मा देभभर २३ लाख ६० हजार ९६२ प्रयोगकर्ता पुगेका छन् ।
गत साउनमा देभभर २२ लाख ९९ हजार ५४ ग्राहक थिए । भदौमा देशभर ६१ हजार ग्राहक थपिँदा साढे २३ लाख बढी ग्राहक पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार २२ लाख ५३ हजार ११५ जना ग्राहक फाइबर प्रयोगकर्ता र ९२ हजार १६२ केबलको प्रयोगकर्ता छन् । यसैगरि,, १५ हजार ६८३ जना ग्राहक भने वायरलेस प्रयोगकर्ता छन् ।
अहिले देशभर ५८ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यसमध्ये नेपालमा सबैभन्दा बढी बजार एवं उपभोक्ता वल्र्डलिंक कम्यूनिकेशनको छ । वल्र्डलिंकको मात्रै देशभर ६ लाख ८१ हजार ९४४ इन्टरनेट प्रयोगकर्ता छन् । वल्र्डलिंकबाहेक अन्य इन्टरनेट सेवा प्रदायक संस्थाले भने हालसम्म ३ लाख ग्राहक बनाउन नसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांक हेर्दा वल्र्डलिंकपछि नेपाल दूरसञ्चार कम्पनीको बढी ग्राहक छन् । भदौ मसान्तसम्ममा कम्पनीको ग्राहक देशभर २ लाख ९१ हजार २८४ पुगेका छन् । यसैगरी, भायोनेट कम्यूनिकेशनको २ लाख ४० हजार ७२९, वेभ सर्फर नेपाल कम्यूनिकेशन सिस्टम प्रालिको १ लाख ७३५, सुविसु केवलनेटको २ लाख ४१ हजार ७३४, डिस मिडिया नेटवर्कको १ लाख ५५ हजार २५७, क्लासिक टेक प्रालिको २ लाख ४२ हजार ६१८ र टेक माइन्ड् नेटवर्क प्रालिको देशभर १ लाख ७ हजार ३३७ जना प्रयोगकर्ता छन् ।
त्यसैगरि, ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेशनको ५४ हजार ७२१, पोखरा इन्टरनेटको १० हजार १०८, एरोनेटको १९ हजार २५९, फाइबरवल्र्ड कम्यूनिकेशनको २१ हजार ३५४, सिम्पल मिडिया नेटवर्क केबलको २९ हजार ५५, फस्र्ट लिंक कम्यूनिकेशनको १६ हजार ३५५, सीजी कम्यूनिकेशनको ३६ हजार २३, कनेक्ट नेपाल नेटवर्कको १८ हजार ५७० म्याक्स नेट सोलुसनको १२ हजार ५ सय प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।