logo

टेलिकमले ल्यायो नव वर्ष अफर

    321   पटक पढिएको

२९ चैत/अर्थ र व्यापार – नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रूपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो ।
यो अफर मंगलबारदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यो अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने बताइएको छ । यसैगरी, तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
यसका साथै २ सयदेखि ४ सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५ सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

यस्तो छ संसोधित बीमा ऐन–२०७९को नयाँ व्यवस्था

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै ‘बीमा ऐन २०७९’ लाई स्वीकृत गरेकी छिन् ।

अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा, एक डलरको विक्री मुल्य १३२ रुपैयाँ नाग्यो

अमोरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ ।

खाद्य कम्पनीले खसिबोका र च्याङग्राको मुल्य तोकेर विक्री थाल्यो, खसीबोकाको भाउ प्रतिकेजी ६७० र च्याङग्राको १२ सय ५० रुपैयाँ

अकासिदो बजार भाउ नियन्त्रण गर्ने उदेस्यले दसैंका उपभोक्तालाई केही सहुलियत दरमा रसिलो मासु उपलब्ध गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंका लागि जिउँदो खसीबोका र च्याङग्राको मूल्य तोकेको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।