logo

पाँच करोड रुपैयाँमा विक्री भयो एप्पलको पहिलो कम्प्युटर

    771   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – अमेरिकाको प्रविधिजन्य उपकरणहरु तथा इलेक्ट्रोनिक सामान उत्पादक कम्पनी एप्पलले पहिलो पटक उत्पादन गरेको एक कम्प्युटर पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भएको छ । एप्पलले सबैभन्दा पहिले सन् १९७६ मा निर्माण गरी बजारमा ल्याएका एप्पल वान कम्प्युटर मध्ये चालु हालतमा रहेको सो कम्प्युटर गत मंगलबार लिलामी मार्फत् चारलाख डलर ( पाँच करोड रुपैयाँ भन्दाबढी ) मा बिक्री भएको हो ।
अमेरिकाको क्यालिफोर्नियास्थित जोन मोरान लिलामघरले लिलामीमा राखेको सो कम्प्युटरको मूल्य ६ लाख डलर पर्ने अपेक्षा गरिएकोमा ५ लाख डलर मात्रै परेको हो ।

एप्पल वान कम्प्युटरसँगै एप्पल वान एनटीआई मदरबोर्ड, काठको खोलमा राखिएको एप्पल क्यासेट एडाप्टर, डाटानेटिक्स किबोर्ड रेभ डी, १९८६ प्यानासोनिक भिडियो मनिटर, एप्पल वान कनेक्टिंग केवल र विजुलीमा जोड्ने तार लगायतका सामानहरू लिलामीमा राखिएको छ । यसैगरि, सो सामानसँगै एप्पल वानको बेसिन म्यानुअल, एप्पल वान अपरेसन्स गाइड, प्रोग्रामिङ म्यानुअल तथा दुईवटा एप्पल वान सफ्टवेयर क्यासेट टेपपनि रहेका छन् ।
सो एप्पल वान कम्प्युटर एप्पलका एकजना संस्थापक स्टिभ वज्नियाकले डिजाइन गरी अर्का संस्थापक स्टिभ जब्सले पाटपुर्जा जडान र परीक्षण गरेका थिए । हाल लिलामीमा राखिएको एप्पल वान कम्प्युटर हालसम्म दुईपटक मात्र खरीद बिक्री भएको पाइएको छ । पहिलोपटक इलेक्ट्रोनिक्सका एकजना प्राध्यापकले बजारबाट खरीद गरेको सो कम्प्युटर सन् १९७७ मा एक विद्यार्थीलाई बिक्री गरेका थिए । 
ती विद्यार्थीले त्यसबेला सो कम्प्युटरलाई ६५० अमेरिकी डलरमा खरीद गरेका थिए । सो कम्प्युटरलाई हालै यो क्षेत्रका दिग्गज विज्ञहरूबाट मूल्यांक, परीक्षण तथा मर्मत लगायतका काम गरी त्यसलाई पूर्णरुपमा चालु हालतमा रहेको प्रमाणित गरिएको थियो ।

विश्वमा हालसम्म कोआ काठबाट बनेका एप्पल वानका खोल केवल ६ वटा मात्र अस्तित्वमा छन् । हाल बनविनासका कारण कोआ वनस्पती नासिएर यो काठ दुर्लभ तथा महँगो बनेको छ ।
एप्पलले आफ्नो पहिलो उत्पादनको रुपमा २ सय वटा एप्पल वान कम्प्युटर निर्माण गरेको थियो, जसमध्ये १७५ वटा बिक्री भएका थिए । ती मध्ये करीब २० वटा अझै पनि चालू हालतमा रहेको अनुमान गरिएको छ । ती मध्ये ५० वटा कम्प्युटर क्यालिफोर्नियास्थित बाइटसप नामक पसलका मालिक पाउल टेरेलले खरीद गरेका थिए । 
स्मरणरहोस् सन् २०१३ मा जर्मनीमा भएको लिलामीमा एउटा एप्पल वान कम्प्युटर ६ लाख ७१ हजार डलरमा बिक्री भएको थियो । उक्त कम्प्युटरसँगै एप्पल संस्थापक स्टिभ जब्सको पत्र पनि बिक्री गरिएको थियो । त्यस्तै सन् २०१४ मा अमेरिकाको न्युयोर्कमा एप्पल वान कम्प्युटर ९ लाख पाँच हजार डलरमा बिक्री भएको थियो ।
स्टिभ जब्स, स्टिभ वज्नियाक र रोनाल्ड वाइनेले सन् १९७६ को अप्रिल एकमा क्यालिफोर्नियास्थित घरको ग्यारेजमा एप्पल कम्पनीको स्थापना गरेका थिए ।
एप्पल वानको उत्पादन गर्नका लागि पैसा जुटाउन जब्सले आफ्नो माइक्रोबस बिक्री गरेका थिए भने वज्नियाकले ५०० डलरमा आफ्ना एचपी ६५ क्याल्कुलेटर बिक्री गरेका थिए ।
एप्पल वान कम्प्युटरको बजार मूल्य त्यतिबेला ६६६ डलर ६६ सेन्ट तोकिएको थियो ।
‘यो समाचार बीबीसीको सहयोगमा तयार पारिएको हो ’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।