logo

कोरोना महामारी बीच मनोभावनाको नि:शुल्क मनोपरामर्श सेवा अब घरै बसेर वेबसाइट र मोबाइल एप मार्फत लिन सकिने ।

    1457   पटक पढिएको

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । यस्ता महामारीको बेला विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ । 

कोरोना संक्रमणको यो बेला समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न पनि गाह्रो छ । नेपालमा पनि मेन्टल हेल्थका समस्या वृद्धि भएका छन् । 

यस्तै समस्या समाधान गर्नका लागि मेन्टल हेल्थ, वेलनेस र करियर सम्बन्धि सेवाहरु उपलब्ध गराउन अनलाइन सेवा सुरु भएका छन् । त्यसमध्येको एक हो मनोभावना सेवा । 

पिपुल डेभलपमेन्ट ल्याब (पीडीएल)ले मोबाइल एप र वेबसाइटको माध्यमबाट मेन्टल हेल्थ र साइको थेरापी सेवा उपलब्ध गराउन सुरु गरेको छ । 

यसको लागि पिपुल डेभलपमेन्ट ल्याबको वेबसाइट मनोभावना डट कम र एन्ड्रोइड एपमा मनोभावना सेवा उपलब्ध रहेको पीडीएलका संस्थापक किशोर अधिकारीले बताए । 

‘अनलाइनबाट मनोभावना सम्बन्धि खासगरी मेन्टल हेल्थ, वेलनेस, करियरसम्बन्धित सेवा उपलब्ध गराउँछौं,’ अधिकारीले भने, ‘अहिले एन्डोइड एप्लिकेसनमा मनोभावना र मनोभावना डटकममा यो सेवा उपलब्ध छ ।’ 

हुन त मनोभावना सेवा सुरु भएको एक वर्ष भइसकेको छ । तर, पूर्ण रुपमा अनलाइन सेवा सुरु हुन सकेको थिएन । पूर्णरुपमा मनोभावनाको अनलाइन सुरु भएको दुई हप्ता र एप्लिकेसनमा आएको एक हप्ता भएको छ । अहिलेसम्म २ सय जनालाई मनापरामर्श सेवा उपलब्ध गराइसकेको अधिकारीले बताए । 

यस्तो सेवा खासगरी नेपालको सहरी क्षेत्रमा बस्ने, अमेरिका, अष्ट्रेलिया, मलेसिया, मध्यपूर्वका देशहरुमा बस्ने धेरै लिने गरेको अधिकारीले बताए । ति ठाउँमा बस्नेहरु धेरै व्यस्त, तनावमा पनि हुने भएकाले बेलाबेलामा यस्ता सेवा लिन पर्ने उनको भनाइ छ। 
मेन्टल हेल्थ समस्या भएका, तनाव बारम्बार भइरहने, पारिवारिक समस्या भएका व्यक्तिहरुले यो सेवा लिनुपर्छ । 

त्यसैले उनले मेन्टल हेल्थ समस्यालाई पहिलो प्राथमिकतामा राखेर सेवा उपलब्ध गराइरहेका छन् । कोभिडको कारणले पनि मेन्टल हेल्थका समस्या बढेको उनी बताउँछन् । अहिले परामर्श विज्ञ भेट्न पनि गाह्रो छ । 

मेन्टल हेल्थ समस्या नभएका तर केही न केही इमोसनल इस्यु भइरहने, झैझगडामा पर्ने, आफैलाई पनि नराम्रो लागिरहनेलाई पनि यो सेवा उपलब्ध रहेको अधिकारीले बताए ।  

साइको थेरापी र काउन्सिल भनेको प्रोसस भएको र समस्या पत्ता लगाएर समस्या समाधान गरिने उनी बताउँछन् । मेन्टल हेल्थको विषय औषधिले मात्र नभएर परामर्श पनि समस्या समाधानका लागि महत्वपूर्ण हुने अधिकारी बताउँछ । 

कसरी लिने सेवा

मनोभावनाबाट मनोपरामर्श सेवा लिनको लागि दुई अप्सन छन् । पहिलो मनोभावना डट कम र अर्को हो मोबाइल एप मनोभानाव । अहिले मोबाइल एप एन्ड्रोइडमा मात्र उपलब्ध छ । 

अनलाइनमा गइसकेपछि तपाईंले आफ्नो अकाउन्ट बनाउनु पर्छ । त्यसपछि तपाईलाई केही सामान्य प्रश्नहरु सोधिन्छ । ति प्रश्नपछि तपाईंले आफ्नो समस्या राख्न सक्नुहुन्छ । 

लगइन भइसकेपछि तपाईंले दिएको प्रश्नको उत्तरको आधारमा तपाईंलाई आवश्यक पर्ने मनोपरामर्श विज्ञ उपलब्ध गराइन्छ । जुन तपाईंको समस्या समामाधान गर्ने विज्ञ हुनेछन् । 

तपाईं दर्ता हुने बित्तिकै म्यासेज आदनप्रदान सेवा उपलब्ध हुन्छ । जुन पाँच दिनसम्म निःशुल्क उपलब्ध हुन्छ । तपाईंले म्यासेज पठाएर आफ्नो समस्या राख्न सक्नुहुन्छ र हरेक दिन तपाईंको म्यासेज हेरेर विज्ञबाट समाधानका उपाय बताइन्छ । यो सेवा पाँच दिनसम्म निशुल्क उपलब्ध हुन्छ । 

अधिकारीकाअनुसार यो निशुल्क सेवा वेबसाइट वा एपमा पहिलो पटक दर्ता भएका प्रयोगकर्तालाई पाँचसम्म रहेको छ । पाँच दिनपछि म्यासेजबाट लिने सेवा बन्द हुन्छ । 

त्यसपछि उसले उक्त काउन्सिल सेवा निरन्तर गर्न चाहेमा अनलाइनबाट उपलब्ध हुने अन्य प्याकेज लिनुपर्ने हुन्छ । निशुल्क म्यासेज बन्द भएपछि तपाईले थप शुल्क तिरेर म्यासेजबाट पनि परामर्श लिन सक्नुहन्छ । जसको लागि एक हप्ताको लागि ६ सय ३० रुपैया शुल्क तोकिएको छ। 

तपाईंले अब अनलाइनमा ‘वान टु वान सेसन’ पनि लिन सक्नुहुन्छ । यसको बेवसाइट वा एप्लिकेसनमा जुम जस्तै ‘फेस टु फेस’ कुरा गर्न सकिने सिस्टम उपलब्ध छ । यो बुक गरिसकेपछि उक्त सेवा लिन सकिन्छ । यस सेवाको लागि एक घण्टाको एक हजार शुल्क तोकिएको छ ।

अर्को भनेको विभिन्न सेवाहरुलाई एकीकृत गरेर प्याकेज बनाइको छ । जस्तो कि एउटा ४० दिनको प्याकेज हुन्छ । यसमा ‘वान टु वान सेसन’, ‘फेस टु फेस’, म्यासेज लगायतका सुविधा हुन्छन् । यसमा विभिन्न तरिकाले छलफल भइरहेको हुन्छ । यसको मूल्य ४ हजार ५ सयदेखि सुरु भएर १० हजारसम्म छन् । यो ६ महिनासम्म सेवा दिन सकिन्छ । 

‘फेस टु फेस सेसन’ अर्थात भेटेर लिने सेवा पनि रहेको छ । तर, अनलाइन सेवालाई नै प्राथमिकतामा राखेकाले भेटेर लिने सेवाको लागि अलि बढी शुल्क राखिएको अधिकारी बताउँछन् ।

कसैलाई एन्जाइटी, डिप्रेसन छ भने त्यस किसिमको विरामीको लागि पनि विभिन्न प्याकेज बनाइएको छ । करियर डिसिजनको लागि पनि प्याकेज नै बनाएको अधिकारीले बताए ।  

कसैलाई एन्जाइटी छ, मन डराइ रहन्छ, सुत्न गाह्रो हुन्छ भने काम एण्ड रिल्याक्ससेसन प्योकेज छ । ‘हाम्रो अध्ययनले के भन्छ भने हप्ताको एक चोटी गरेर पाँच सेसन भयो भने ठिक हुदोरहेछ,’ अधिकारीले भने ।  

यि प्याकेज लिँदा सम्बन्धि विज्ञसँग सम्पर्क भएर कुराकानी सुरु हुन्छ । कुनै कुनै प्याकेजमा ‘फेस टु फेस’ पनि भेट्नु पर्ने हुनसक्छ । भेट्ने सुविधा पनि छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।