logo

डिजिटल भुक्तानी प्रणालीमा जोडियो नेपाल आयल निगम, चार दिनमा तीन अर्ब ९७ करोड संकलन

    1997   पटक पढिएको

७ साउन/अर्थ र व्यापार– नेपाल आयल निगमले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को प्रणाली मार्फत भुक्तानी संकलन गर्ने ’एसएपी’ प्रणालीको सुरुवात गरेको छ ।

निगमका डिलर तथा पार्टनरहरुले अब कनेक्टआइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट्पे तथा बैंक र वित्तीय संस्थाहरुको शाखामार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्न थालेको चार दिनमा नै तीन अर्ब ९७ करोड रुपैयाँ बराबरको भुक्तानी संकलन भएको जनाएको छ । एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने निगम पहिलो सरकारी निकाय हो ।

एनसीएचएलले शाखाबाट १० लाख रुपैयाँसम्मको रियल टाइम अन्तर बैंक भुक्तानी गर्न सकिने, एउटै बैंकमा रियल टाइममा प्रति कारोबार एक करोड रुपैयाँसम्म तथा नन् रियल–टाइममा २० करोड रुपैयाँसम्म भुक्तानी गर्न सक्ने जनाएको छ । 

एनसीएचएलले कनेक्टआइपीएसमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा फण्ड ट्रान्स्फर तथा अन्य विभिन्न भुक्तानीहरु गर्न सकिने बताइएको छ । 

त्यस्तैगरी, एनसीएचएल आइपीएसमा ६२ र कर्पोरेट पेमा ३० बैंक तथ वित्तीय संस्था आबद्ध रहेको एचसीएचएलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।