४ साउन/अर्थ र व्यापार– नेपाल दूरसञ्चार प्राधिकरणले देशको सबै स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको छ ।
प्राधिकरणले मुलुकका सबै स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको हो। यसको लागि प्राधिकरणले १ अर्ब १० करोड पैया बजेटसमेत छुट्याएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा देशको हरेक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गर्ने योजना अगाडि सारेको हो ।
त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा तीन ठाउँमा मोबाइल र कम्प्युटर तालिम संचालन गर्ने योजना बनाएको छ ।
प्राधिकरणले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सीटीईभीटीसँग समन्वय गरेर मोबाइल र कम्प्युटर मर्मत तालिम पनि संचालन गर्ने भएको हो । तालिम सञ्चालन गर्नका लागि प्राधिकरणले ९० लाख रुपैयाँ बजेट बजेट छुट्याएको छ ।
तपाईको प्रतिक्रिया