logo

यूनाइटेड फोरम अफ बैंक यूनियनका कर्मचारीको आह्वानमा भारतमा बैंकका कर्मचारीको हडताल

    1352   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - भारतका ३० बैंकका १० लाख बढी कर्मचारीले आज दिनभर काम नगरी हड्ताल गर्ने भएका छन् । त्यसमा २१ सरकारी बैंक र ९ निजी बैंकका कर्मचारी रहेका छन् । उनीहरुले सरकारले अगाडि सारेको बैंकको मर्जरको विरोध गरेका छन् भने ज्याला वृद्धिको समेत माग गरेका छन् । यूनाइटेड फोरम अफ बैंक यूनियनका कर्मचारीको आह्वानमा सो हड्तालको आयोजना गरिएको हो । हड्ताल गर्नेमा ५ आधिकारिक यूनियन रहेका छन् । नेशनल अर्गनाइजेशन अफ बैंकर्सका उपाध्यक्ष अश्विनी राणाले पूराना निजी बैंकका कर्मचारी समेत हड्तालमा उत्रिएका छन् ।

त्यसमा फेडरल कर्नाटककाका करुर वैश्य, धनलक्ष्मी, लक्ष्मीविलाश बैंकका कर्मचारी समेत सामेल भएका छन् । सरकारी बैंकको मर्जरको विरोध तथा ज्याला वृद्धिको माग राख्दै कर्मचारीले हड्ताल गर्ने निर्णय लिएका हुन् । सरकारले बैंक अफ बडौदा, देना बैंक र विजया बैंकको मर्जर गर्ने निर्णय गरेको छ । कर्मचारी संघले त्यसको विरोध गरेका छन् । भारतीय बैंक एशोसिइसनले ८ प्रतिशत ज्याला वृद्धिको प्रस्ताव गरेको छ । तर कर्मचारी यूनियनले त्यसमा सहमति जनाएका छैन ।

नेशनल अर्गनाइजेशन आफ बैंकका कर्मचारीले बैंक आम नागरिकको पनि शेयर रहेको छ । त्यसकारण सरकारले कुनै निर्णय तत्काल लिन सक्दैन । उनीहरुले भनेका छन् हाम्रो माग सबैको सल्लाहबाट मात्रै सम्बोधन होओस् भन्ने हो । ज्याला वृद्धिको बारेमा जुन तर्क भारतीय बैंक एशोसिएसनले दिएको छ त्यो तर्क हामीलाई मन्जुर छैन ।कर्मचारी यूनियनले बैंकको नाफा कम हुनुको जिम्मेवार भारत सरकार र उसको नीति रेहेको बताएको छ । कर्मचारी ज्म्मिेवार। छैनन् सरकारले नै गलत निर्णय गरेका कारण त्यस्तो अवस्था आएको हो । हामीलाई उचित ज्याला दिइएको छैन, बैंक घाटामा गएको देखाइएको छ, त्यो हामीलाई स्वीकार्य छैन, उनीहरुले भनेका छन् । कर्मचारी यूनियनले एक हप्ता भन्दा कम समयमा नै दोस्रो हड्ताल गरेका हुन् । अल इन्डिया बैंक अफिर्सस कन्फेडेरेशनमा जोडिएका कर्मचारीले गत शुक्रबार पनि हड्ताल गरेका थिए ।

शनिबार, आइतबारको सार्वजनिक विदा परेको थियो । सोमबार बैंक खुलेका थिए । मंगलबार पुनः क्रिसमसको विदा भएका कारण बैंक पुनः बन्द भएको थियो । पछिल्लो ५ दिनमा १ दिन मात्रै बैंक खुलेको थियो । बैंक बन्द हुँदा लाखौं नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । नेपालमा पनि बैंक तथा वित्तीय संस्थाले न्यून तलबमा बैंकका कर्मचारीलाई काममा लगाउने गरेको पाइएको छ । त्यसकारण भारतमा जस्तै नेपालमा पनि कुनै न कुने बेला बैंक तथा वित्तीय संस्थामा विस्फोटक अवस्था आउन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।