logo

नवनियुक्त अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा युक्रेन युद्ध अन्त्य गर्ने घोषणा, विश्व अर्थतन्त्र फेरि चलायमान हुने संकेत

    315   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – अमेरिकी समय अनुसार मंगलबारदेखि अमोरिकाको नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प ह्वाईट हाउसमा भित्रिएसँगै युक्रेन युद्ध समेत अन्त्य हुने विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा छिट्टै वार्ता हुने र युक्रेनमा जारी युद्ध समेत अन्त्य हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७ औँ राष्ट्रपति चुनिएका हुन् । नवनियुक्त राष्ट्रपति ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाएका थिए ।

 

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बधाई ज्ञापन गरेका छन् । युरोन्यूजका अनुसार रसियाका राष्ट्रपति पुटिनले सेक्युरिटी काउन्सिलसँगको मिटिङमा बधाई सन्देश राष्ट्रपति ट्रम्पलाई पठाएका छन् ।
अमेरिकी नवनियुक्त राष्ट्रपति ट्रम्पले रसियासँग यसअघि बन्द गरिएको सम्पर्क कार्यालय पुनः सुचारु गर्ने निर्णय समेत गरेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै मध्यपूर्वमा जारी युद्ध ४२ दिनको लागि भएपनि युद्धविराम गराएर शान्ति कायम गरेका ट्रम्पले अब युक्रेनमा जारी युद्ध समेत अन्त्य गर्ने बिषयलाई उच्च प्राथमिकतामा राखेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ कार्यकालको पहिलो दिन ७८ वटा बाईडेनका निर्णयहरु खारेज गरेर विश्वकै ध्यान आफूतिर आकर्षित गर्न सफल भएका छन् । यस्तो अवस्थामा सो निर्णयहरुभित्र वातावरण प्रभाव पार्ने जस्ता विवादित र आईसीसीबाट अलग हुने जस्ता निर्णयहरु पनि छन् ।
मंगलबारदेखि आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले युक्रेनमा जारी युद्ध जतिसक्दो छिटो अन्त्य गर्ने घोषणा गरेका छन् । मध्यपूर्वमा शान्ति कायम गरेर सुरुवाती रुपमा सकारात्मक र युद्धविरोधी सन्देश दिएका ट्रम्पले युरोपमा जारी युद्ध रोक्न प्रयत्न गरेमा सफल हुनेमा सबै जना आशावादी देखिन्छन् । किनभने युक्रेनले अमेरिकी हतियारकै भरमा रसिया विरुद्धमा युद्ध लडिरहेको छ ।
अमेरिकी सहयोग बन्द हुने वित्तिकै युक्रेन आत्मसमर्पण गर्न बाध्य हुनेछ । युक्रेन युद्ध शक्तिराष्ट्र मुख्यतः यसअघिको अमेरिकी प्रशासन र युरोपका केही देशहरुका कारण भइरहेको थियो । युक्रेनले लिन खोजेको नेटो सदस्यता र युरोपियन युनियन इयुको सदस्यता नै मुख्य बिषय रहँदै आएको छ ।
अन्य कुनै लेनदेन वा अप्ठेरो बिषय समेत नभएको र युक्रेनले लिन खोजेको नेटो सदस्यता तत्कालका लागि पर सार्ने र युद्धमा गुमेको भूमिका सम्बन्धमा सहमति हुने वित्तिकै युक्रेन युद्ध अन्त्य हुनेछ ।
युक्रेन युद्धलाई सुरुमा जसरी रसियाविरुद्धमा तत्कालिन अमेरिकी प्रशासन र युरोपियन देशहरुले प्रयोग गर्न खोजिरहेका थिए, त्यसमा उल्टै ब्याक फायर हुन पुग्यो । युद्धका कारण युरोपेली देश र अमेरिकी अर्थतन्त्र नै कमजोर हुन पुग्यो । अहिलेको विश्व अर्थतन्त्रमा आएको आर्थिक मन्दी पनि सोही कारण नै भएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन् । हाल विश्व अर्थतन्त्रमा आएको चरम आर्थिक मन्दीको अप्रत्यक्ष र प्रत्यक्ष दुवै खालका असर नेपालमा परिरहेको छ ।
अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा ट्रम्पको पदबहालीसँगै विश्व अर्थतन्त्रमा गुल्जार आउने नयाँ आशाको संकेत देखिएको उनीहरुको भनाई छ ।
नवनियुक्त राष्ट्रपति ट्रम्पले पद बहाली गर्नुअघि नै मध्यपूर्वमा शान्ति कायम गर्न सफल हुनु र युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुले विश्व अर्थतन्त्रमा केही नयाँ आशा पलाएको सम्बन्धीत सरोकारवालाहरुको अनुमान छ ।
यसैगरी, अलजजिराले ट्रम्पले युक्रेन युद्ध कम्तीमा १०० दिनमा अन्त्य गर्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, रसियाली सञ्चार माध्यम स्पुतनिक ग्लोबलले अमेरिकी राष्ट्रपति ट्रम्पले संवादको माध्यमबाट समाधान गर्न चाहेको भन्दै सकारात्मक रुपमा लिएको जनाएको छ ।
नवनियुक्त राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने प्रतिबद्धता जनाएपछि युरोपभरि हंगामा मच्चिएको छ । युरोपेली देशका उच्च पदस्थ व्यक्तिहरुले युक्रेनलाई हराएर युद्ध अन्त्य अस्वीकार्य बताएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्मानुयल मार्कोनले डोनाल्ड ट्रम्पले भनेजस्तो रातारात युक्रेन युद्ध अन्त्य नहुने र केही समय लाग्ने बताएको दि गार्डियनले उल्लेख गरेको छ । हाल विश्व अर्थतन्त्रमा युद्धले पारेको प्रभावबाट मुक्त गर्ने ट्रम्पको प्रयासले नेपालमा पनि यसको प्रत्यक्ष असर पर्नेछ । अमेरिकाले केही नयाँ महत्वपूर्ण निर्णयहरु गरेको छ । पेरिस जलवायु सम्झौताबाट पछाडि हट्ने निर्णयले अमेरिका अब औद्योगिक उत्पादन बृद्धितर्फ अग्रसर भएको देखिएको छ ।
मेक्सिको र क्यानाडालाई कर लगाउने नयाँ निर्णयसँगै चीनियाँ सामानमा समेत थप कर लगाउने सम्भावनाका बीचमा नेपालबाट निर्यात बढाउन सकिने गरी नयाँ कामहरु हुनसक्ने देखिएका छन् । विश्वअर्थतन्त्रमा आगामी दिनमा गुल्जार आउनेबारे डलरको मूल्यबृद्धिले संकेत गरिसकेको छ । मंगलबार विश्वभर डलरको मूल्यमा बृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको एक अध्ययनमा पनि युक्रेन र इजरायल प्यालेस्टाईन युद्धले विश्व अर्थतन्त्रको गतिमा दीर्घकालिन प्रभाव पार्ने उल्लेख गरेको थियो । युद्ध अन्त्यसँगै विश्व अर्थतन्त्रमा नयाँ उत्साह र गुल्जार आउनेमा सम्बन्धीत सरोकारवालाहरु निकै आशावादी भएका छन् ।

राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । यसअघि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । अत्यधिक चिसोका कारण यसपटक शपथ ग्रहण समारोह खुला स्थानमा आयोजना गरिएको थिएन । ट्रम्पले शपथ ग्रहणसँगै अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय संकटकाल’ घोषणा गर्ने, केही ड्रग्स तस्करलाई आतंकवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने तयारी गरेका समाचार आइरहेका छन् ।
शपथलगत्तै समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताए । शान्ति निर्माणकर्ता र एकीकरणकर्ताको रूपमा अमेरिकाले पुनः संसारलाई नेतृत्व गर्ने विश्वास दिलाउँदै उनले भने, ‘यो देश फस्टाउने छ र सम्मानित हुनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।