logo

घट्दो जनसंख्याको प्रभाव जापानमा ,९० लाख घर खाली

    1325   पटक पढिएको


२० वैशाख/अर्थ र व्यापार – घट्दो जनसंख्याको प्रत्यक्ष असर अहिले जापानमा देखिएको छ । घट्दो जनसंख्याको मारमा रहेको जापानमा खाली घरहरूको संख्या ९० लाख पुगेको छ ।
सन् २०१८ मा गरिएको सर्वेक्षण भन्दा यसपटक ५ लाख १० हजारबढी घर खाली भएको देखिएको हो । स्थानीय भाषामा ‘आकिया’ भनेर चिनिने खाली घरहरुको संख्या सन् २०२३ को अक्टोबरसम्म ९० लाख भन्दाबढी रहेको त्यहाँको सरकारद्वारा जारी रिपोर्टमा उल्लेख छ। औसत्मा सातवटा घरमा एउटा घर खाली रहेको जापानको आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।
खाली घरहरुको यो संख्या जापानमा कूल घर संख्याको करिब १४ प्रतिशत हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । जापानको नोमुरा रिसर्च इन्सटिच्युटले भने सरकारबाट जारी तथ्यांकभन्दा अझ धेरै बढी घरहरु खाली हुन सक्ने जनाएको छ ।
उसले हाल जापानमा करिब १ करोड १० लाख वटा घरहरु खाली भएको हुन सक्ने दाबी गरेको छ।
त्यहाँको सरकारले जानकारी गराए अनुसार सन्तान विदेशमा हुँदा र सन्तान नभएका वृद्धवृद्धाको नाममा रहेका घरहरु खाली भएका हुन् । यसैगरी, केही स्याहारको लागि वृद्धाश्रममा बसेपछि पनि घर खाली भएको सर्वेक्षणमा देखिएको छ ।
सर्वेक्षण गरिएका मध्ये ४४ लाख घरहरु भाडाका लागि उपलब्ध छन् । ३ लाख ३० हजार घर हरुचाहिँ जतिसक्दो छिटो बिक्री गर्ने अवस्थाका लागि राखिएका छन्। जापानमा लाखौं घरहरु बेवारिसे अवस्थामा नै छन् ।
जापानमा खाली जग्गाको बढी कर तिर्नुपर्छ । त्यसैले धेरैले प्राचीन घरहरु छाड्ने गरेको देखिएको छ । विदेशबाट जापान आएकाहरु पुराना घरहरु प्रति आकर्षित देखिएका छन्। जापानका विभिन्न शहरहरुमा धेरैले घर भाडामा लिने गर्छन्। यस्तै, केही घर बिदा मनाउन चाहनेका लागि भाडामा दिने गरिन्छ भने पर्यटकका लागि पनि घर भाडामा दिने गरिन्छ ।
पुरान घर बिक्रीमा भए पनि हजारौं डलर मूल्य पर्नेगर्छ । यस्तै, घर पुनर्निर्माणमा पनि धेरै रकम लाग्ने गर्छ । त्यसैले घर पुनर्निर्माण गर्नुको सट्टा घर खाली नै छाड्ने प्रवृत्ति पनि अत्यधिक बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।