logo

गुजरात राज्यको अहमदाबादमा भएको विमान दुर्घटनास्थल पुगे भारतीय प्रधानमन्त्री मोदी

    783   पटक पढिएको


३० जेठ/अर्थ र व्यापार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात राज्यको अहमदाबादमा बिहीबार भएको एयर इण्डियाको विमान दुर्घटनास्थल पुगेर स्थलगत अबलोकन गरेका छन् । चालक दलका सदस्य सहित २ सय ४२ जना सो विमान दुर्घटनाबाट एकजना यात्रु भने बाँचेका छन् ।
विमान दुर्घटना भएको दोस्रोदिन शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले घटनास्थल भ्रमण गरी सबै जानकारी लिएका छन् । सो विमान दुर्घटनाबाट जमिनमा रहेका समेत गरि २ सय ६५ जनाको ज्यान गएको छ ।
भारतबाट लण्डनतर्फ उडेको केही मिनेटमै एयर इण्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा विमानमा रहेका र जमिनमा रहेका गरी कम्तीमा २६५ जनाको मृत्यु भएको थियो । तीमध्ये कतिपयको शव निकालिसकिएको छ, अझै केहीको अवशेष फेला परिरहेको छ । दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । उनीहरुमध्ये एक जना मात्र बाँच्न सफल भएका छन् ।
बीबीसीका अनुसार, घटनास्थलमा विमानसँग सम्बन्धित प्राविधिक सामग्रीहरुको समेत खोजी भइरहेको छ । अझै शवको टुक्राहरु भेटिने क्रम समेत जारी रहेको भनिएको छ ।
विमान दुर्घटनाको अनुसन्धानका लागि तालिम प्राप्त अनुसन्धान अधिकारीहरुसमेत खटिएका छन् । बेलायतले समेत अनुसन्धानका लागि विज्ञको टोली पठाउने बिहीबार सार्वजनिक गरेको थियो ।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ सय ४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका हुन् । दुर्घटनास्थलमा पुगेर करिब २० मिनेट विताएका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट त्यसबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
घटनास्थल पुगेका मोदीले सञ्चारकर्मीहरुसँग केही बोलेनन् । तर, घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनीसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरु पनि त्यहाँ पुगेका थिए ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा भने यो घटनालाई ‘शब्दले बयान गर्न नसकिने पीडादायी घटना’ भनेका छन् ।

अझै शवको टुक्रा भेटिँदै
दुर्घटनग्रस्त विमानको पुच्छर नजिकैको अस्पतालको मेडिकल स्टाफ बस्ने होस्टलको दोस्रो तल्लाबाट बाहिर निस्किएको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार, विमानको अगाडिको भाग र अगाडिको पांग्रा एक क्यान्टिन भवनमा खसेको थियो, जहाँ विद्यार्थीहरू लञ्च गर्दै थिए । त्यसक्रममा त्यहाँ बसेकाहरुको समेत ज्यान गएको थियो ।
अहमदाबादका उच्च प्रहरी अधिकारी कनन देसाईले अहिलेसम्म २६५ वटा शव गनिएको बताएका बेलायती पत्रिका द गार्डियनले जनाएको छ । ‘यो संख्यामा जमिनमा मर्नेहरू पनि समावेश छन्’, समाचारमा भनिएको छ, ‘तर अझै शवका टुक्रा भेटिन सक्ने भएकाले संख्या बढ्न सक्ने उनले बताएका छन् ।’
गृहमन्त्री अमित शाहले वक्तव्य जारी गर्दै मृतकको अन्तिम संख्या डीएनए परीक्षणपछि मात्र सार्वजनिक गरिने बताएका थिए । उनले भनेका छन्, ‘विदेशमा रहेका आफन्त भएका परिवारलाई पहिले नै जानकारी गराइएको छ र उनीहरूको डीएनए नमुना संकलन गरिनेछ ।’
बेलायती अखबार द गार्डियनका अनुसार, अहमदाबादमा यात्रुका आफन्तहरू शुक्रबार आपतकालीन केन्द्रमा भेला भएर डीएनए नमुना दिइरहेका थिए ताकि आफन्तको पहिचान गर्न सकियोस् ।
विमानमा सवार २४२ जनाको यात्रु सूचीमा २ जना पाइलट र १० जना ‘केबिन क्रू’ थिए । समाचार संस्था रोयटर्सका अनुसार, तीमध्ये २१७ जना वयस्क, ११ जना बालबालिका र २ शिशु थिए । एयर इन्डियाका अनुसार तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली नागरिक थिए ।

विमानबाट कसरी बाहिए पत्तो भएन
एयर इण्डियाले दुर्घटनामा बाँच्न सफल एक जना यात्रु विश्वासकुमार रमेशको स्थानीय अस्पतामा उपचार भइरहेको जनाएको छ । दुर्घटनापछि खिचिएको भिडियोमा रमेश घाइते र रगताम्य अवस्थामा एम्बुलेन्सतर्फ हिँड्दै गरेको देखिएको थियो ।
प्रहरीले उनले आपतकालीन निकास सिटमा बसेका कारण बाहिर निस्कन सफल भएको जनाएको छ । उनका भाइ नयन कुमार रमेश (२७) ले समाचार संस्था एपीलाई भनेका छन्, ‘उहाँले भन्नुभयो – मलाई थाहा छैन म कसरी विमानबाट बाहिर निस्कें ।’
सो दुर्घटनाबाट बाँचेका रमेशका अनुसार जमिनबाट झन्डै १०० मिटर माथि उडेको करिब एक मिनेटमै विमान दुर्घटनाग्रस्त भएको थियो । लगत्तै विमानले आपतकालीन अवस्थाको संकेत ‘मेडे’ दिएको थियो । लगत्तै विमान खसेको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ ।
अहमदाबाद गुजरात राज्यको एक प्रमुख सहर हो । त्यहाँ करिब ८० लाख जनसंख्या रहेको छ र त्यहाँको व्यस्त विमानस्थल घना आवासीय क्षेत्रले घेरेको छ ।

यस्तो छ क्षतिपूर्ति र राहत
बोइङ कम्पनीले एयर इन्डियासँग सम्पर्कमा रहेको र यस दुर्घटनामा सहायता गर्न तयार रहेको जनाएको छ । विमान सुरक्षा नेटवर्कको डेटाबेसअनुसार, बोइङ ७८७ को यो पहिलो दुर्घटना हो । बेलायत र अमेरिकाका वायु दुर्घटना अनुसन्धान एजेन्सीहरूले भारतीय निकायलाई सहयोग गर्न टोली पठाउने घोषणा गरेका छन् ।
एयर इन्डियाको मातृ कम्पनी टाटा ग्रुपले दुर्घटनामा मारिएकाहरूका परिवारलाई १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । कम्पनीले घाइतेको उपचार खर्च पनि बेहोर्ने र विमानले क्षति पुर्याएको मेडिकल कलेजको पुनर्निर्माणमा सहयोग गर्ने जनाएको छ ।
भारतमा यसअघि पनि धेरै घातक विमान दुर्घटनाहरू भइसकेका छन्, जसमध्ये सन् १९९६ मा दुई विमान नयाँ दिल्लीको आकाशमा ठोक्किँदा करिब ३५० जनाको मृत्यु भएको थियो । सन् २०१० मा एयर इन्डिया एक्सप्रेसको विमान मंगलौर विमानस्थलमा दुर्घटना हुँदा १६६ मध्ये १५८ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।